स्तानबुल । टर्कीको सेनाको कार्गो विमान अजरबैजानको सिमाना नजिक दुर्घटना भएको छ । विमानमा २० जना सवार थिए । उनीहरुको अवस्था पुष्टि भइसकेको छैन ।
तर टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन र जर्जिया तथा अजरबैजानका उच्च अधिकारीहरूले विमानमा सवार केही व्यक्तिको मृत्यु भएको आशंका व्यक्त गरेका छन् ।
टर्कीको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् दिएको जानकारी अनुसार, सी–१३० विमान अजरबैजानबाट टर्की फर्किंदै गर्दा मंगलबार दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलसहित २० जना सैनिक थिए ।

प्रतिक्रिया