जेनजी आन्दोलनमा पोखरामा प्रहरीको हतियार लुट्ने किशोर पक्राउ


कास्की । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीको हतियार लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हतियार लुटपाटमा संलग्न १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीविरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।