काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले जनसंख्याको नियन्त्रणमा भन्दा पनि यसको व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताएका छन् । २५ औं विश्व जनसंख्या दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री ढकालले यस्तो बताएका हुन् ।
जनसंख्याको सन्तुलित वितरण र प्रभावकारी व्यवस्थापनको मार्गमा जनसंख्याका खास खास सूचकहरूमा सुधार गर्नुपर्ने अवस्था रहेको उनले बताए । सेवा सुविधाकै अभावमा नागरिकले जन्मथलो छाडेर अन्यत्र बसाईंसराई गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि सबै ठाउँमा आवश्यक पूर्वाधारहरूको निर्माण गरी व्यवस्थित बसोबासको व्यवस्था मिलाई अव्यवस्थित शहरीकरण रोक्नेतर्फ सरकारले ध्यान दिइरहेको मन्त्री ढकालले उल्लेख गरेका छन् ।

प्रतिक्रिया