अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेनीको निधन


बीबीसी । अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा निधन भएको छ । परिवारले मंगलबार विज्ञप्ति जारी गर्दै डिक चेनीको निमोनिया र मुटुसम्बन्धी रोगका कारण निधन भएको जनाएको छ ।

उनी सन् २००१ देखि २००९ सम्म राष्ट्रपति जर्ज डब्लु बुसको कार्यकालमा पदमा रहेका थिए । सन् २००१ को ‘नाइन इलेभेन’ आतंककारी हमलापछि ’वार अन टेरर’का प्रमुख सूत्रधार मानिने डिक चेनीले गलत अनुमानको आधारमा देशलाई दुर्भाग्यपूर्ण इराक युद्धमा धकेल्न मद्दत गरेका थिए ।