बीबीसी । इजरायली सेनाकी पूर्वकानुनी प्रमुख मेजर जनरल यिफात टोमर यरुशल्मीलाई एक ‘भिडियो लिक प्रकरण’मा पक्राउ गरिएको छ । उक्त भिडियोमा इजरायली सैनिकहरूले एक प्यालेस्टिनी कैदीमाथि गम्भीर दुव्र्यवहार गरेको देखिएको बताइएको छ ।
टोमर यरुशल्मीले गत साता इजरायल डिफेन्स फोर्स (आईडीएफ)को मिलिटरी एड्भोकेट जेनेरलको पदबाट राजीनामा दिएकी थिइन् र भिडियो लिकको पूर्ण जिम्मेवारी स्वीकृत गरेकी थिइन् । भिडियो लिकपछि इजरायलमा राजनीतिक विवाद चर्किएको छ ।
सो भिडियोमा दक्षिण इजरायलको स्दे टेइमान सैनिक शिविरमा एक कैदीमाथि सैनिकहरूले कुटपिट र यौन दुव्र्यवहार गरेको देखिन्छ । पाँच सैनिकमाथि अभियोग लागेको छ, तर उनीहरूले सबै आरोप अस्वीकार गरेका छन् ।
टोमर यरुशल्मीलाई खोजतलासीपछि तेल अवीभनजिकैको तटमा फेला पारिएको र त्यसपछि हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।यो प्रकरणले इजरायलभित्र राजनीतिक ध्रुवीकरण र सेनामाथि विश्वासको संकट गहिरो बनाएको छ ।

प्रतिक्रिया