सहिद स्मारक ए डिभिजन लिग यसवर्ष पनि नहुने


काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग यसवर्ष पनि नहुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबहरूले संयुक्त बैठकले सोमबार लिग नगर्ने निष्कर्ष निकालेका हुन् ।

अब लिग २०८३, पुस ३ गतेदेखि हुने भएको छ । बैठकले लिगको सम्पूर्ण तयारी मंसिरभित्रै पूरा गर्ने र प्रतियोगिता पुस ३ गतेदेख सञ्चालन गर्ने निर्णय गरेको छ।