काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगेका छन् ।
मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउँदै जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गर्दै सरुवा गरेको थियो । शाक्य आफ्नो पद प्राधिकरणमै कायम हुनुपर्ने माग गर्दै सर्वोच्च गएका हुन् ।
आफूलाई हटाउनु गैरकानुनी भएको भन्दै सोमबार सर्वोच्चमा रिट दायर गरेको शाक्यले बताए । रिटमा सर्वोच्चले मंगलबारका लागि पेसी तोकेको छ ।

प्रतिक्रिया