काठमाडौं । दोलखाको यलुङ रि क्षेत्रमा हिमपहिरोमा परी तीन जनाको मृत्यु भएको छ । हिमपहिरोमा परी एक विदेशी र दुई नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परी उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाको डीएसपी ज्ञान कुमार महतोले जानकारी दिएका छन् । उनले हिमपहिरोमा अन्य पाँच जना बेपत्ता भएको खबर आएको जानकारी दिए ।
आज बिहान सो हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो । उद्धारका लागि नेपाल सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रतिकुल मौसमका कारण हेलिकप्टर जान नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया