काठमाडौं । नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान भएको छ ।
नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेन्डर आह्वान गरेको हो ।
बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुस (१७ डिसेम्बर २०२५) रहेको छ । सुरुङमार्गमार्फत सवारीसाधन चलाउन सक्ने अवस्था भएता पनि दक्ष जनशक्ति एवं सुरक्षाका कारण सञ्चालनमा आउन सकिरहेको छैन ।
मुख्य सुरुङमार्गको लम्बाइ २.७ किलोमिटर र आपतकालीनको २.६ किलोमिटर रहेको छ । सरकारले सुरुङमार्गबाट गुड्ने सवारीसाधनका लागि सडक उपभोग दस्तुर तोकिसकेको छ । सुरुङमार्ग २४सै घण्टा सञ्चालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपतकालीन सेवा आवश्यक हुन्छ ।
सेवा प्रदायकले सिफ्ट प्रणालीमा कर्मचारी खटाउने, आपत्कालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्न सक्छ । यसका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया