काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवा सिंगापुर प्रस्थान गरेका छन् ।
उनीहरू उपचारका लागि सोमबार राति सिंगापुर एयरलाइन्सको जहाजमार्फत सिंगापुर गएका हुन् । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा उनीहरुमाथि कुटपिट भएको थियो । त्यसपछि एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उनीहरुको उपचार गरिएको थियो ।
उपचारका क्रममा देउवाको गर्दनमा १२ टाँका लगाइएको थियो । त्यसपछि देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया