बिम्स्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ नयाँदिल्ली प्रस्थान


काठमाडौं । गृहमन्त्री सुदन गुरुङ भारत प्रस्थान गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिम्स्टेक)को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार भारत प्रस्थान गरेका हुन् । बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठक असोज २७ गते नयाँ दिल्लीमा हुँदैछ ।

बैठकमा बिम्स्टेक सदस्य राष्ट्रहरू नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्याण्डका गृहमन्त्रीहरू सहभागी हुनेछन् । बैठकको मुख्य एजेन्डा आतंकवाद तथा अन्तरदेशीय अपराध नियन्त्रण रहेको छ ।