-सुदेश पराजुली ।
महेश बस्नेत र केपी ओलीलाई चुनौती नै सही । कमरेड माधव नेपाल अहिलेको राजनीतिमा सबैभन्दा कम्फर्ट र रिल्याक्स जोनमा हुनुहुन्छ हेक्का राख । अपराधी र हत्याराको आरोप माधव नेपाललाई छैन । प्रधानमन्त्री भएकै समय बालुवाटारबाट जनताले लखेटेको, भागेको इतिहास माधव नेपालको छैन । दारा नंग्रा सकिसकेको ‘बा’ लाई सिंहको पुरै रुप र आवरण हो, छ भनेर समाज तर्साउने खेती सकिन्छ भनेर बढी नै चिन्ता तनाव केपी ओली र छोराहरुलाई पो भयो होला की !
जनताले खेदेको जनतासँग हारेको शेख हसिना र ‘बा ‘उस्तै भए भनेर भागेको चिन्ता र तनाव केपी ओलिलाई भारी भयो भनेर सताए जस्तो छ गुन्डुतिर । जनताको बहुदलीय जनवादको कुरा त केपी ओलीले प्रचण्ड कमरेडसँग प्रधानमन्त्रीको कुर्सीसँग साटेको होइन । सत्ता स्वार्थमा जबजको हुर्मत लिएको होइन र ? गुन्डुबाट भाग्नु परेको, बालुवाटारबाट कुर्सी छोडेर भागेको तनाव अझै बाँकी छ ?
केपी ओली र कमरेड प्रचण्ड मिल्दा खुसीले हर्ष–बढाईँ गर्दै माधव नेपाललाई पेलेको याद छैन, अहिले सोध्नु बालाई । सावन्त गोयल साक्षी राखेर बालुवाटारबाट कम्युनिष्ट पार्टी विभाजन गर्दै विदेशीको गुलामी गरेको ईतिहास साक्षी नै छ । बिचरा स्कुलड्रेसका कलिला अबोध बालबालिकाको हत्यारा ‘बा’ लाई नबोक, बरु आउ वामपन्थी एकता गर्दै हिजोको नेकपा निर्माण गरौं । हत्याराको आरोप बोकेर कति दिन समाजको कालो बन्छौ ?

प्रतिक्रिया