काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले शान्ति र वैधानिकता स्थापनाका लागि योगदान गर्न आग्रह गरेका छन् । शनिबार सामाजिक संजालमार्फत शर्माले यतिबेला मुठभेड गर्नेतिर नभई शान्ति स्थापनाका लागि योगदान गर्न आग्रह गरेका हुन् ।
उनले भनेका छन्, ‘राष्ट्र भन्दा ठूलो केही छैन । यतिबेला मुठभेड हुने र गर्नेतिर हैन शान्ति र वैधानिकता स्थापनाका लागि योगदान गरौं । के के छोड्दा राष्ट्रको रक्षा हुन्छ र जनभावना सम्बोधन हुन्छ । त्याग गर्न लागि आफैंलाई तयार पारौं ।’

प्रतिक्रिया