जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड जारी गर्न स्वीकृति


काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड चरणबद्ध रूपमा निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत् प्राधिकरणलाई बन्ड जारी गर्ने बाटो खुल्ला गरिदिएको हो । सञ्चार एवं सूचना प्रविधिमन्त्री जगदीश खरेलले चरणबद्ध रुपमा बन्ड निष्काशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए ।

निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र शाक्यको पालामा प्राधिकरणले श्वेतपत्र जारी गर्दै बन्ड निष्काशन गर्ने जनाएको थियो ।