प्रधानमन्त्री र राष्ट्रपतिबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा गम्भीर छलफल


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । बिहीबार मन्त्रिपरिषद्को बैठक लगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।