भक्तपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी भन्ने नेपालको पहिचान नभई पश्चिमाले लगाइदिएको टीका भएको टिप्पणी गरेका छन् ।
भक्तपुरको गुण्डुमा बिहीबार एमाले भक्तपुरले आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले नेपालका जेनजीले मुलुक ध्वंस नगर्ने बताए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि सुनियोजित ढंगले हमला भएको भन्दै आपत्ति जनाए । उनले भने, ‘ओलीमाथि जुन प्रकारको हमला भइरहेको छ, २३ गतेको घटनामा अध्यक्ष नै बानेश्वर गएर हतियार चलाएजस्तो कुप्रचार भएको छ ।’
उनले राजनीतिक पार्टी सञ्चालन र मुलुकलाई सही निकास दिन अनुभवी नेतृत्व चाहिने बताए । उलने एमालेलाई जनताको मनबाट कसैले हटाउन नसक्ने दाबी गरे । उनले जनताको बीचमा गएर संविधानवादको युगतर्फ देशलाई फर्काउने बताए । उनले यो सरकारले चुनाव गराउन नसक्ने बताए ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहले गराएजस्तो चुनाव गर्ने नौटंकी सरकारले गर्न लागेको बताए । उनले भने, ‘जबर्जस्ती गरिने चुनाव असोज १८ पछि पूर्वरजाले गरेको नाटक जस्तै हुन्छ । जबसम्म राजनीतिक वातावरण बन्दैन तबसम्म चुनाव भयो भयो त्यसले मान्यता पाउँदैन ।’

प्रतिक्रिया