काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्रालय मातहतका निकायहरूलाई तीन बुँदे निर्देशन दिएका छन् । मन्त्रालयमा बुधबार बसेको बैठकमा मन्त्री पुनले विद्यालय, विश्वविद्यालय र प्राविधिक शिक्षाका क्षेत्रहरूलाई समेट्ने गरी निर्देशन जारी गरेका हुन् ।
जसअनुसार शिक्षा क्षेत्रमा नवीनता र अनुसन्धानमुखी कार्यक्रम सञ्चालन गर्न सबै शिक्षासंस्थालाई तयारी गर्न भनिएको छ। दोस्रो, शिक्षा प्रशासनमा पारदर्शिता र जवाफदेहिताको संस्कृति विकास गर्न मन्त्रालय र सम्बन्धित निकायहरूलाई आह्वान गरिएको छ। तेस्रो, विद्यार्थीको सिकाइ नतिजा सुधारका लागि प्राविधिक साधनको प्रयोग बढाउन निर्देशन दिइएको छ।

प्रतिक्रिया