जेनजी आन्दोलन पश्चिमाहरुको डिजाइमा भएको दुर्गा प्रसाईंको दाबी


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संवैधानिक  राजसंस्था सहितको व्यवस्था आउने दाबी गरेका छन् ।

मंगलबार सामाजिक संजालमार्फत प्रसाईंलेकाठमाडौँ केन्द्रित भई देशभरी हुने आन्दोलनका लागि तयार रहन अनुरोध गरेका हुन्  ।

जेनजी आन्दोलन समेत पश्चिमाहरुको डिजाइनमा भएको भन्दै उनले ०४७ सालको संविधान पुनः स्थापना गर्नु आवश्यक रहेको औल्याएका छन् ।

उनले भनेका छन्, ‘हिजोको राजाको शासन एक पटक सम्झिनुस् ! गणतन्त्र हुँदै गिरिजा, देउवा, प्रचण्ड, ओली हुँदै आज जेनजी आन्दोलनको नाममा पश्चिमाहरुको डिजाइनमा बालेन जस्ता लुसिफर र सुशीला कार्कीको सरकार, त्यसमा पनि नेपाली सेना, प्रहरी र कर्मचारीलाई ठाडो निर्देशन दिएर हिँड्ने सुदन गुरुङ्ग ! भनेपछि देश कहाँ पुग्यो र देशलाई कहाँ लगिँदै छ ? त्यही भएर धैर्य गर्नुस् राजा, देउता, धर्म र संस्कृति खोपीमै भएपनि चाहिँदो रहेछ, प्रतिक्षा गर्नुस् ! बौद्ध, किराँतसहितको बैद्विक सनातन हिन्दू अधिराज्य नेपाल बनाउन, २०४७ सालको संविधान पुनः स्थापना गर्नु छिमेकी मुलुकका लागि पनि र नेपालीहरुका लागि पनि अपरिहार्य भएको छ, त्यसैले चाडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संवैधानिक राजसंस्थासहितको व्यवस्था आउँदैछ, हातमा दियो बोकेर दिपावली गर्नको लागि तयार रहनुहोला ।
साथै लघुवित्त पीडित, सहकारी पीडित, बैंकबाट कालोसूचीमा परेका र घरबार लिलाम भएका सम्पूर्ण अभियान्ताहरुलाई काठमाडौँ केन्द्रित भई देशै भरी आन्दोलनका लागि तयार रहन अनुरोध गर्दछु ।’