काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले नेपालमा बाढीपहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत उनले बाढीपहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।
उनले भने, ‘यस समयमा पाकिस्तान सरकार र यहाँका जनता नेपाल सरकार र नेपालीहरूसँग उभिएका छन् ।’

प्रतिक्रिया