द हेग । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले सुडानी मिलिशिया प्रमुखलाई डार्फरमा क्रूर आक्रमणको क्रममा गरिएको युद्ध अपराध र मानवता विरुद्धको अपराधको लागि दोषी ठहर गरेको छ।
आइसिसीले अली मोहम्मद अलि अब्द–अल–रहमानलाई सन् २००३ अगस्टदेखि सन् २००४ अप्रिलसम्म भएका विभिन्न बलात्कार, हत्या र यातनासहित अपराधहरूमा सोमबार दोषी ठहर गरेको हो ।
आइसिसीका प्रमुख न्यायाधीश जोआना कोर्नरले भने, “आइसिसी चेम्बर अभियुक्तमाथि लागेको अपराधमा कुनै शङ्का नगरी दोषी छ भन्नेमा विश्वस्त छ।”
उनले भने, “नोभेम्बर १७–२१ मा थप सुनुवाइपछि ‘उचित समयमा’ फैसला जारी गरिनेछ र दोषीउपर सजाय पनि पछि सुनाइनेछ।”
कोर्नरले सामूहिक बलात्कार, दुव्र्यवहार र सामूहिक हत्याको डरलाग्दो विवरणहरूलाई विस्तृत रूपमा वर्णन गर्दै रहमानलाई दोषी प्रमाणित गर्ने यी र यस्तै प्रशस्त आधारहरू रहेको बताइएको छ ।
उनले भने, “अब्द–अल–रहमानले लगभग ५० जना नागरिकहरूलाई ट्रकमा लोड गरी केहीलाई धारीलो हतियारले प्रहार गर्न लगाएको र उनीहरू जमिनमा ढल्नुपहिले आफ्ना लडाकू सेनालाई गोली हानेर मार्न आदेश दिएको पुष्टि हुन्छ।”
“अभियुक्तले आदेश मात्र दिएको नभई व्यक्तिगत रूपमा कुटपिटमा संलग्न भएको र हिरासतमा लिइएकाहरूलाई मृत्युदण्डको लागि आदेश दिएको प्रमाण भेटिएको छ,” कोर्नरले भने ।
“अब्द–अल–रहमान सुडानको कुख्यात जन्जाविद मिलिसियाका एक प्रमुख सदस्य थिए र उनले धेरै युद्ध अपराधहरूमा ‘सक्रिय’ रूपमा भाग लिएका थिए,” उनले भने ।
सन् १९४९ मा जन्मेका ती मिलिशिया प्रमुखले अदालतमा सुनुवाईका क्रममा आफुमाथि लागेका सबै आरोपहरू अस्वीकार गरेका थिए र अदालतले खोजी गरेको व्यक्ति आफू नभएको दाबी गरेका थिए।
“म अली कुशायब होइन । म यस व्यक्तिलाई चिन्दिनँ । ममाथि लगाइएको आरोपसँग मेरो कुनै सम्बन्ध छैन,” उनले सन् २०२४ डिसेम्बरमा सुनुवाइका क्रममा भनेका थिए।
प्रतिरक्षाका साक्षीहरूको बयान खारेज गर्दै कोर्नरले भने, “अदालत ‘अभियुक्त अली कुशायबको रूपमा परिचित व्यक्ति हो भन्नेमा प्रष्ट छ।”
सुडानको नयाँ सरकारले आइसिसीको अनुसन्धानमा सहयोग गर्ने घोषणा गरेपछि अब्द–अल–रहमान फेब्रुअरी २०२० मा मध्य अफ्रिकी गणतन्त्रतर्फ भागेका थिए।
अधिकारीहरूले आफूलाई मार्लान् भन्ने डरले हतास देखिएका उनले त्यसपछि आत्मसमर्पण गरेका थिए ।
सुडानको डार्फर क्षेत्रमा गैर–अरब जनजातिहरूले व्यवस्थित भेदभावको गुनासो गर्दै अरब बहुल सरकारविरुद्ध हतियार उठाएपछि लडाइँ सुरु भएको थियो।
संयुक्त राष्ट्र सङ्घका अनुसार सन् २००० को दशकमा डार्फर द्वन्द्वमा तीन लाख मानिस मारिएका थिए र २५ लाख विस्थापित भएका थिए।

प्रतिक्रिया