काठमाडौं । सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सम्भावित जोखिमलाई लिएर सरकारले दुई दिन बिदा दिने निर्णय गरेको हो ।
सरकारी कार्यालयहरू आइतबारदेखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।
शुक्रबार रातिदेखि देशभर अबिरल वर्षा भइरहेको छ । जसका कारण दिउँसोमा समेत राजमार्ग अवरुद्ध भएका छन् ।


प्रतिक्रिया