विभिन्न नेताका घरलगायतका स्थानमा नगद जलेको वा भेटिएको विषयमा अनुसन्धान भइरहेको छः अर्थ मन्त्रालय


काठमाडौं । अर्थ मन्त्रालयले नेताहरुको घरमा स्रोत नखुलेको नगद भेटिएका विषयमा अनुसन्धान तीव्र पारिएको बताएको छ ।

आइतबार विज्ञप्ति जारी गरी मन्त्रालयले भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा विभिन्न नेताका घर लगायतका स्थानमा नगद जलेको वा भेटिएको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सूचनाहरू बाहिरिएको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

मन्त्रालयले नागरिकहरूलाई सम्भव भएसम्म जुनसुकै कारोबार विद्युतीय भुक्तानीमार्फत गर्न भनेको छ । कानून बमोजिम आय आर्जन भएको र स्रोत खुलेको जतिसुकै परिमाणको रकम पनि आफूसँग राख्न पाइने समेत अर्थले स्पष्ट पारेको छ ।

आन्दोलनका क्रममा प्रदर्शनकारीले कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता दीपक खड्का, माओवादी अध्यक्ष प्रचण्डलगायतको घरमा पैसा लुकाएको भन्दै विभिन्न तस्बिर र भिडयो सार्वजनिक गरिएको थियो ।