काठमाडौं । दहथुम माविका पूर्व प्रधानाध्यापक डा. अग्नीप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा भीरकोट सेवा समाज र दहथुम पूर्व विद्यार्थी समाजको संयुक्त भेला काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रम दहथुम पूर्व विद्यार्थी समाजका अध्यक्ष गुप्तबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। भेलामा समाजका सदस्यहरुको परिचयात्मक सत्रसँगै समाजको विधान निर्माण, आगामी योजनाहरू र संस्थागत विकासबारे सामान्य छलफलसमेत भएको आयोजकले जानकारी दिएको छ । भेलाले २०८२ सालको बडादशैं, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेको छ।
विशेष अतिथिका रूपमा पूर्व अध्यापक खड्ग राना र डा. मोहनसिंह प्रधानको उपस्थिति रहेको उक्त कार्यक्रममा कमलबहादुर घर्तीले सञ्चालन गरेका थिए। सहभागीहरूले यस खालको पुनर्मिलन कार्यक्रम अझ आवश्यक भएको निष्कर्ष समेत निकालेका छन्।

प्रतिक्रिया