फेसबुकमा स्टाटस लेखेर हुम्लामा नदीमा हामफालेका दुईजना बेपत्ता


हुम्ला ।  हुम्लाको  चङ्खेली गाउँपालिकामा नदीमा हामफालेर दुई जना बेपत्ता भएका छन्। आज सामाजिक सञ्जाल ‘फेसबुक’मा ‘स्टाटस’ लेख्दै हाम्फालेर बेपत्ता भएका चङ्खेली गाउँपालिका–४ का हंस बुढा र कर्मा बोहोराले आत्महत्या गर्ने उद्देश्यले नदीमा हामफालेको अनुमान गरिएको छ।

प्रहरी सहायक निरीक्षक शङ्कर पोखरेलले थानीयले नदीमा गएको भन्ने खबर दिएको र हालसम्म अवस्था अज्ञात रहेको बताए। जानकारी आएलगत्तै पिप्लाङ प्रहरी चौकीले खोजी सुरु गरे पनि भेट्टाउन नसकिएको उनले जानकारी दिए।

बेपत्ता भएका बुढा गाउँपालिकाको शिक्षा शाखामा ‘कम्प्युटर अपरेटर’ रहेको जनाइएको छ।