विराटनगर । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा एउटा शव फेला परेको छ । मोरङ प्रहरीका अनुसार सोमबार बिहान सफाइ गर्ने क्रममा सुपरमार्केटको दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको हो ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगजनी र लुटपाटका क्रममा उनको मृत्यु भएको हो । जेनजी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटहरू आन्दोलनकारीहरुको निसानामा परेको यियो ।
धरान र विराटनगरको भाटभटेनी भने ध्वस्त छ । धरानस्थित भाटभटेनीमा आगजनी हुँदा चार जनाको ज्यान गएको थियो । त्यस्तै काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरमार्केटमा पनि जलेको अवस्थामा ६ जनाको शव भेटिएको थियो ।

प्रतिक्रिया