नवनियुक्त तीन मन्त्रीको शपथग्रहण आज बिहान साढे ११ बजे हुँदै


काठमाडौं । नवनियुक्त मन्त्रीहरुको शपथ आज बिहान ११ः३० बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले नवनियुक्त मन्त्रीहरुको शपथ बिहान साढे ११ बजे हुने जानकारी दिएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आइतबार अर्थमन्त्रीमा पूर्वअर्थ सचिव रामेश्वर खनाल, ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रीमा कुलमान घिसिङ तथा कानुन र गृहमन्त्रीमा ओम प्रकाश अर्यालको नियुक्त भएका थिए ।