काठमाडौं । चीनले सुशीला कार्की नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले आइतबार नेपालका अन्तरिम प्रधानमन्त्री कार्कीलाई बधाई दिएका हुन् ।
वक्तव्यमा भनिएको छ, ‘चीनले नेपालका जनताले स्वतन्त्रतापूर्वक रोजेको विकास मार्गलाई सधैं सम्मान गर्दछ । हामी नेपालसँग मिलेर पंचशीलका सिद्धान्त प्रवद्र्धन गर्ने, विभिन्न क्षेत्रमा आदान–प्रदान र सहकार्य बढाउने र दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन तयार छौं ।’
चीन र नेपालबीचको मित्रता ऐतिहासिक र दिगो रहेको जनाउँदै चीनले आगामी दिनमा सहकार्यलाई अझ मजबुत बनाइने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया