काठमाडौं । नेपाल प्रहरीले जेनजीको प्रदर्शनका क्रममा लुटिएका नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, पोशाक र सवारी सवारी साधन फिर्ता गर्न आग्रह गरेको छ ।
बिहीबार विज्ञप्ति जारी गरी प्रहरीले हातहतियार लगायत अन्य सामग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो । जेनजी आन्दोलनमा प्रहरीका हतियार, पोशाक तथा संचारसाधन लुटिएका छन् । केही हतियार भने सेनाले बरामद गरिसकेको छ ।


प्रतिक्रिया