जेनजी पक्षलाई प्रधानसेनापतिको सुझावः राष्ट्रपतिसँग वार्ता गर्नुअघि दुर्गा प्रसाईं र रास्वापासँग बस्नुस्


काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रपतिसँग वार्ता गर्नुअघि जेनजी पक्षलाई रास्वपा र दुर्गा प्रसाईंसँग वार्तामा बस्न सुझाव दिएको खुलेको छ ।

जेनजीका पक्षबाट सैनिक मुख्यालयमा वार्ता गर्न पुगेकी रक्षा वमले राष्ट्रपतिसँग आफूहरुलाई वार्ता गर्न बोलाएर दुर्गा प्रसाईँ र रास्वपासँग वार्ता बस्न आग्रह गरेको जानकारी गराएकी हुन् ।

उनले भनेकी छन्, ‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाँहरूपनि स्टेकहोल्डर हो भनेर स्वयम् प्रधानसेनापतिले भनेसकेपछि जेनजी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदर्शनकारी जेनजी समूहसँग छलफलका निम्ति तयारी गरिरहेका छौं।’