काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि बन्द गरिएका हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकको निर्णयानुसार पुनः उडान सुरु गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ ।
हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुलाई आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न प्राधिकरणले आग्रह गरेको छ ।
साथै यसरी आवत जावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन पनि प्राधिकरणले आग्रह गरेको छ ।


प्रतिक्रिया