काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जेनजीहरुलाई घर फर्किन आग्रह गरेका छन् । सामाजिक संजामार्फत मेयर साहले अब हुने क्षति तपाई हाम्रै भएकाले घर फर्किन आग्रह गरेका हुन् ।
उनले भनेका छन्, ‘कृपया जेनजी देश तपाइँहरुकै हातमा हो, तपाईंहरुले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस् ।’

प्रतिक्रिया