काठमाडौं महानगरपालिका भित्रका विद्यालय तीन दिन बन्द हुने


काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालय तीन दिन बन्द हुने भएका छन् । सोमबार भएको जेनजीको आन्दोलनपछि महानगरले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

महानगरपालिकाले सोमबार भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको जनाएको छ ।