युवाहरुको प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस्ः अध्यक्ष प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधकाविरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक भएको बताएका छन् ।

आइतबार राति सामाजिक संजालमार्फत प्रचण्डले युवाको आन्दोलन स्वाभाविक भन्दै प्रदर्शनमाथि सरकारलाई बल प्रयोग गर्ने धृष्टता नगर्न चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, ‘सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ । प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस् । भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ।’