काठमाडौं । नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच सञ्चालन हुँदै आइरहेको अभ्यास सगरमाथा फ्रेन्डसिपको पाँचौँ संस्करण सुरु भएको छ ।
आजदेखि काठमाडौँमा सुरु भएको यो अभियान भदौ ३१ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघीय शान्ति मिसन, प्रतिआतंकवाद लगायतका विषयहरूमा ज्ञान आदान प्रदान हुनेछ ।
वि.सं. २०७४ सालबाट सुरु भएको उक्त अभ्यासको नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो गर्दै सञ्चालन हुँदै आइरहेको छ । नेपाली सेनाले विविध विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मित्रराष्ट्रहरुका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आइरहेको छ।




प्रतिक्रिया