काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जेनजी पुस्ताले सामाजिक सञ्जाल बन्दको विरोधमा सोमबार गर्ने प्रदर्शनलाई समर्थन जनाएका छन् ।
सामाजिक संजालमार्फत मेयर साहले आन्दोलनलाई आफ्नो समर्थन रहेको बताएका हुन् । उनले आफू उमेर हदबन्दीको कारण जान नमिल्ने त्यसमा आफ्नो भरपुर समर्थन रहेको बताएका छन् । उनले यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरूलाई आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘भोलिको र्याली स्पष्ट स्वस्फूर्तरुपमा Zen G को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसकालागि म पनि अझै बुढो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ । भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ । प्रिय Zen G भन्नुस् तपाईँहरुले कस्तो देश देख्न चाहनु हुन्छ ?’

प्रतिक्रिया