काठमाडौं । नेपाली कांग्रेसले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ । आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सामाजिक सञ्जाल बन्द गरेको विषयमा सरकारसँग जवाफ माग गर्ने विषयमा छलफल भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा कांग्रेस जिम्मेवार रहेकाले सरकारको निर्णयप्रति गम्भीर रहेको उनले बताए । कांग्रेसले कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्न नहुने निष्कर्षसमेत निकालेको छ ।
सरकारको निर्णयप्रति कांग्रेस महामन्त्री गगन थापाले तत्काल आफ्नो धारणा सार्वजनिक गर्दै सरकार उल्टो बाटो हिडेको आरोप लगाएका थिए । सरकारले सूचीकृत नभएका २६ सामाजिक बन्द गरेपछि चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया