काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको सभापतिका लागि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
शुक्रबार हुने निर्वाचनका लागि खतिवडाले बिहीबार उम्मेदवारी दर्ता गराएका हुन् । रामहरिलाई सभापति बनाउन कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे प्रस्तावक र एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौला समर्थक बसेका छन् ।
संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी विवादमा परेपछि खतिवडाले साउन २८ गते राजीनामा गरेका थिए । खतिवडाले राजीनामा दिएपछि कांग्रेसकै ईश्वरी देवी न्यौपाने राज्य व्यवस्था समितिको सभापति बनेकी थिइन् ।

प्रतिक्रिया