जीएसआईमा सहमति जनाएको हो भने नेपालका लागि घातक हुनेछः सांसद राणा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा ग्लोबल सेक्यूरिटी इनिसेटिभ (जीएसआई)मा सहमति भएको विषयमा जानकारी गराउन माग गरेको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसद धवलशम्शेर राणाले जीएसआईमा सहमति जनाएको कुरा बाहिर आएको भन्दै यस विषयमा स्पष्टीकरण दिन माग गरेका हुन् ।

उनले सहमति आउने दिनमा नेपालको लागि घातक बन्ने भन्दै प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट पार्नुपर्ने बताए । उनले भने,‘प्रधानमन्त्रीले चीन भ्रमणमा ग्लोबल सेक्यूरिटी इनिसेटिभ (जीएसआई)मा सहमति जनाएको छ भन्ने कुरा आयो । असल नीतिबाट फरक हो । यस्तो कुरा भएको छ भने नेपालमा आउने दिनमा घातक हुनेछ । यस विषयमा प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट गर्नुपर्छ ।’