सुनचाँदीको मूल्य स्थिर


काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन ।

बुधबार प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन । चाँदीको मोल पनि यथावत छ । हिजो चाँदीको मूल्य प्रतितोला दुई हजार ४८० रुपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।