काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले भदौ १३ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरी गुरुङले निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शन भट्टलाई तोकेको छ । यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि अस्थायी दरबन्दी स्वीकृति गर्ने, श्रम अदालतको सदस्य पदमा अधिवक्ता कुमारी खरेललाई नियुक्त गर्नेसहितका निर्णय भएको गुरुङले जानकारी दिए ।




प्रतिक्रिया