रास्वपाले रुपन्देही-३ को उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाउने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही-३ को उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले ९ जना आकांक्षीमध्येबाट एकजना उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।

रास्वपाले डा लेखजंग थापालाई उम्मेदवार बनाएको पार्टीका कार्यबाहक सभापति डीपी अर्यालले जानकारी दिए । आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सचिवालय बैठक बसेपछि आकांक्षीहरूले नख्खु कारागार पुगेर सभापति लामिछानेलाई भेटेका थिए ।

त्यहाँ रविले आकांक्षीहरूलाई जसले टिकट पाएपनि अरूले असन्तुष्ट नहुने बताएका थिए । सचिवालय बैठक र रविसँग आकांक्षीको छलफलपछि कात्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा गरिएको हो।