काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । आइतबार नेप्से आज ३१ दशमलव १७ अङ्कले घटेको छ ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक समूहको शेयर १ दशमलव ५९ प्रतिशतले ओरालो लागेको छ । आज २ सय २८ वटा कम्पनीको शेयर घट्दा २१ वटाको बढेको छ भने एउटाको घटबढ भएन । आज ग्लोबल आईएमई समुन्नत योजना–२ को शेयर १० प्रतिशतले घटेको छ ।
बजार उच्च अङ्कले घटेको दिन उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर भने ६ दशमलव ७७ प्रतिशतले बढेको छ । आज ३ सय २१ वटा कम्पनीको १ करोड ४८ लाख कित्ता शेयर ६ अर्ब ६ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया