लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन


काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको उपचारका क्रममा निधन भएको छ । पुनको शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको एमाले रुकुमपूर्वका इन्चार्ज खेममान खड्काले जानकारी दिएका छन् ।

एक महिना अघि स्वास्थ्य समस्या भएपछि उनलाई काठमाडौं ल्याइएको थियो । प्रदेशसभा सदस्य पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका थिइन् । उनी लुम्बिनी प्रदेशसभाको अर्थ, पर्यटन तथा विकास समितिकी सदस्य समेत थिइन् ।