वीरगंज । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेकपा एमालेका नेताहरुले बाराको सीमरा विमानस्थलमा भव्य स्वागत गरेका छन् ।
शनिबार बृहत महिला सम्मेलनमा सहभागी हुन वीरगंज आउने क्रममा नेताहरुले ५१ किलोको मालासहित ससिमरा विमानस्थलमा स्वागत गरेका हुन् ।
बाराको सिमरा विमानस्थलमा एमाले स्थायी कमटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रिय सदस्य केदार न्यौपाने, अरबिन्द्र सिंह मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेल विमानस्थल पुगेका थिए ।
यसैगरी स्वागतका लागि मधेस प्रदेशका सचिवालय सदस्य जयप्रकाश थारु जितपुर सिमरा उपमहानगरपालिका उपमेयर भोला अधिकारी, जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक साह, वीरगंज महानगर कमिटीका अध्यक्ष नवराज शर्मा लगायत विमानस्थलमै स्वागतका लागि पुगेका थिए ।

प्रतिक्रिया