काठमाडौं । विभागीय टोली एपिएफ क्बल एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरिएको छ । उज्बेकिस्तानस्थित मार्कजियी स्टेडियममा बिहीबार भएको समूह ‘बी’ को दोस्रो खेलमा कलेज अफ एसियन स्कलरसँग ४–० ले पराजित भएसँगै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो ।
जारी प्रतियोगितामा एपिएफको यो लगातार दोस्रो हार हो। यसअघि पहिलो खेलमा एपिएफ नासाफसँग ३–० ले पराजित भएको थियो। एपिएफले अब आइतबार अल–नसारसँग खेल्ने छ। स्कलर भने लगातार दोस्रो जित प्रतिस्पर्धा गरिरहेको छ।

प्रतिक्रिया