काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रति विद्यादेवी भण्डारी राजनीतिमा फर्किंदा गणतन्त्रकै लागि खतरा हुने दाबी गरेपछि मातृभूमि जागरण अभियान नेपालका संयोजक डा. भीम रावलले कटाक्ष गरेका छन् ।
सामाजिक संजालमार्फत रावलले यस्तो बताएका हुन् । रावलले भनेका छन्, ‘पूर्व राष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउनु गणतन्त्रका लागि खतरा तर गणतन्त्र र संवैधानिक प्रणालीको विरुद्धमा सक्रिय नेतासँग चुनाव र सरकारमा गठबन्धन गर्नु गणतन्त्र बलियो बनाउने काम रे ! साथै कांग्रेस सभापति देउवाका गल्ती निजका नभई वर्तमान व्यवस्थाका हुन रे ! ’झोले’ नेताको भनाई !’
एमाले महासचिव पोखरेलले शनिबार दाङमा आयोजित कार्यक्रममा सेनाको परामाधिपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किंदा गणतन्त्रप्रति नै अनास्था र अविश्वास पैदा गर्ने बताएका थिए ।

प्रतिक्रिया