काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको वर्तमान राजनीतिक परिस्थिति अस्थिर र संवेदनशिल भएको उल्लेख गर्दै आफूले त्यसको ठूलो जिम्मेवारी बोकिरहेको बताएका छन् ।
बुधबार बाबा बस्नेतका तीन कृतिको विमोचन गर्दै प्रचण्डले देशको पूरै जिम्मा आफ्नो काँधमा भएजस्तो लागिरहेको बताएका हुन् ।
उनले भने, ‘सरकारमा त छैन, तर देशको राजनीतिको खम्बा मैले छोडिदिए सबै भत्किने जस्तो लाग्छ। गर्ल्यामगुर्लुम ढल्ने पो हो कि जस्तो लाग्छ। पूरै जिम्मा मेरो काँधमा जस्तो लागिरहेको छ ।’
उनले हालको राजनीति संकटपूर्ण मोडमा रहेको संकेत गर्दै आफूमाथि परेको दबाब रहेको बताए ।

प्रतिक्रिया