राजविराज । सप्तरीमा जंगली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय धरापमा परी श्रीमान श्रीमतीको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्री सरदार र उनकी पत्नी ४५ वर्षीया विमलादेवी सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ।
जंगली जानवरबाट धानबाली जोगाउन थापेको धरापमा उनीहरु परेका थिए । शनिबार राति खेतको काम सकेर घर फर्कने क्रममा पतिपत्नी विद्युतीय धरापमा परेका जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया