रविलाई रुपन्देहीबाट काठमाडौं ल्याइँदै


काठमाडौं । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइँदैछ । उनलाई ललितपुरस्थित नख्खु कारागार स्थानान्तरणका लागि भैरहवा कारागारबाट बाहिर निकालिएको हो ।

कारागार व्यवस्थापन विभागले शुक्रबार लामिछानेले दिएको निवेदनका आधारमा भैरहवाबाट नख्खु स्थानान्तरण गर्ने निर्णय गरेको थियो । सभापतिलाई काठमाडौं ल्याउन लागिएपछि पार्टीका नेता–कार्यकर्तालगायत समर्थकहरु त्रिभुवन विमानस्थल पुगेका छन् ।