काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले धरातल छोडेको बताएका छन् ।
बिहीबार संसद भवन परिसरमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीको हावादारी गफले देश बर्बाद भएको बताएका हुन् ।
उनले भने,‘हावा गफ दिँदा त जे बोले पनि हुन्छ । यथार्थ धरातलमा के छ भन्ने कुरा जनतालाई राम्रोसँग थाहा छ । उहाँ धरातल छोडेर हावादारी गफमा जानु भको छ । त्यसले गर्दा नै देश बर्बाद भएको छ ।’
उनले त्रिवि क्रिकेट मैदानमा आफूले सदनमा बोलेको कुरा सही भएको बताए । उनले भने, ‘टियु मैले हेरिराखेको छु । जो बोलेको थिएँ सदनबाट त्यो सही थियो । उहाँले त्यसलाई मात्र इस्यू बनाउनु भएको छ त्यो बेठिक छ ।’

प्रतिक्रिया